अमेरिकाद्वारा जी–२० शिखर सम्मेलन बहिष्कार

अमेरिकाद्वारा जी–२० शिखर सम्मेलन बहिष्कार



काठमाडौं । अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ ।

महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी बहिष्कारले सम्मेलनका एजेन्डा र वातावरणलाई थप जटिल बनाएको छ ।

डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाले अघि सारेका विविधता, समानता, समावेशीकरण र जलवायु केन्द्रित नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

कूटनीतिक तनाव, बहुपक्षीय आकांक्षा र विश्वव्यापी भू–राजनीतिक विभाजनकाबीच शुरु भएको सम्मेलनबाट विश्वको आर्थिक सङ्कटलाई समाधान गर्ने भूमिकामा प्रश्न उठेको छ ।

जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् ।