काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु– १९ टोलीमा आबद्ध भएका छन् ।
एसीसी पुरुष यु– १९ प्रिमियर कपका लागि मलेसिया पुगेको नेपाली युवा टोलीमा परामर्श र अनुगमनका लागि प्रशिक्षक ल जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
प्रशिक्षक लले यु– १९ टोलीलाई आवश्यक सहयोग र परामर्श दिनेछन् । टोलीको प्रशिक्षकमा मञ्जित श्रेष्ठ रहेका छन् । नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया