काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओभर-द-टप (ओटीटी) प्रसारण अधिकार डिसहोमले पाएको भन्दै नेपाल क्रिकेट संघ र डिसहोमले अनधिकृत रूपमा आएका लिंकबाट एनपीएल नहेर्न अग्रह गरेका छन् ।
अन्य वेवसाइट र एपबाट प्रसारण गर्नु अनुचित तथा अनधिकृत भएकोले उक्त कार्य नगर्न/नगराउन क्यान र डिसहोमले आग्रह गरेका छन् ।
“अधिकार प्राप्त डिसहोमबाहेक नेपाल प्रिमियर लिगअन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरूको अनधिकृत बिक्री वितरण, पुन: प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैरकानुनी रहेको हुँदा दण्डनीय छ,” क्यान र डिसहोमले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
अनधिकृत रूपबाट खेल हेर्दा व्यक्तिगत विवरण ह्याक हुन सक्ने भएकाले ‘डिसहोम-गो’ एपबाट मात्र हेर्न अनुरोध गरिएको छ । “अनधिकृत लिंक, साइट तथा माध्यमहरूबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु हुन सम्पूर्ण व्यक्ति/संस्था तथा सरोकारवालाहरूलाई विनम्र अनुरोध गर्दछौँ,” जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया