मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार



मुस्ताङ । मुस्ताङमा ६२ करोड ८२ लाख ३५ हजार चार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्लाका पाँच वटा पालिकाले चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६ सय ६५ मेट्रिक टन आलु उत्पादन गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गएको वर्षको तुलनामा चालू वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार चार सय रुपैयाँ बराबरको आलु उत्पादन वृद्धि भएको जानकारी दिए ।

केन्द्रका अनुसार चालू आर्थिक वर्षमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गएको वर्षभन्दा चालू आर्थिक वर्षमा आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो ।