काठमाडौँ। सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमाओवादी पार्टीका नेतासमेत रहेका विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोपमा उनी पक्राउ परेका हुन् । जेन जेड आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाइँदा त्यहाँ देखिएका ढुंगेललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई सोही कार्यालयले पक्राउ गरेको थियो ।


प्रतिक्रिया