बालिका बलात्कार गरेको आरोपमा होस्टेल सञ्चालक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा होस्टेल सञ्चालक पक्राउ


ग्लोब नेपाल
162
Shares

काठमाडौं। प्रहरीले सुर्खेतमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौरमा रहेको होस्टेलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल रहेको प्रहरीले जनाएको छ ।

उनले होस्टेलमै बस्दै आएकी १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

आरोप लागेपछि फरार रहेका उनलाई मंगलबार बेलुका पञ्चपुरी नगरपालिका–१ बाचकाँडाबाट पक्राउ गरिएको बुढ्थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।