काठमाडौं । जाडो याम सुरु भएसँगै पछिल्लो केहि दिन यता काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ ।
यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।


प्रतिक्रिया