काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार मात्रै बस्ने

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार मात्रै बस्ने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटक पटक सर्दै आएको बैठक आज शुक्रबार बस्ने गरी तय भएको थियो ।

आजका लागि तय भएको बैठक पनि पुन: सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, अर्को बैठक आइतबार बस्नेछ । आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक तय गरिएको उनले बताए ।