गोरखाको १२ किलोमा रोकिएको बस पल्टियो, १ जनाको अवस्था गम्भीर

गोरखाको १२ किलोमा रोकिएको बस पल्टियो, १ जनाको अवस्था गम्भीर


ग्लोब नेपाल
108
Shares

गोरखा । गोरखाको १२ किलो भन्ने ठाउँमा आज दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिए ।

ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो । आँबुखैरेनी- ९ गोरखा सडक खण्डको १२ किलो भन्ने स्थानमा बस रोकिरहेको ठाउँबाटै गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बसमा करिब २० जना यात्रु थिए ।

सामान्य घाइते यात्रुहरुको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको र ४ जनाको उपचारको लागि चितवन लगिएको प्रहरीले जनाएको छ । चितवन लगिएका चार जना मध्य एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।