एनपिएल : कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

एनपिएल : कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्सन झा ४९ रनमा अविजित रहे । उनले २२ बलमा ६ चौका तीन छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै पवन सर्राफले ३५, मार्क वाटले ३०, निजिबुल्लाह जादरन र दीपक डुम्रेले १०/१० रन बनाए । बलिङमा रासिद खानले दुई तथा सन्तोष यादव, मिलन्ड कु्मार र कप्तान करण केसीले एक एक विकेट लिए ।

कर्णाली याक्सले यसअघि चार खेलमा एउटा मात्र जितेको छ । अहिले दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

यस्तै काठमान्डु पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । प्लेअफमा पुग्न काठमान्डुका लागि आजको खेल पनि महत्त्वपूर्ण रहेको छ ।