माओवादी पूर्वसांसद अमनलाल मोदीका स्वकीय अन्सारी पक्राउ

माओवादी पूर्वसांसद अमनलाल मोदीका स्वकीय अन्सारी पक्राउ


ग्लोब नेपाल
243
Shares

काठमाडौं । माओवादी केन्द्रका पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् ।

गत २४ भदौको जेनजी आन्दोलनमा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनी मोदी सांसद र संघीय मामिलामन्त्री हुँदा स्वकीय सचिव थिए ।

अन्सारी विराटनगरस्थित कोशी प्रदेशसभा, मोरङ जिल्ला अदालत, विराटनगर महानगरपालिका गासिहित सरकारी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न थिए । अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनारलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।