कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीको त्रिनगर–गौरीफन्टा नाका निरीक्षण गरेका छन् । आज बिहान धनगढी पुगेका मन्त्री अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँगै नाकाको निरीक्षण गरेका हुन् ।
सो क्रममा उनले नाकामा खटिएका सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणसँग आवागमन र सुरक्षा अवस्थाबारे कुराकानी गरेका थिए ।
नाकाको निरीक्षणपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर पुगेका गृहमन्त्री अर्यालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गर्न र आवागमनलाई सहज बनाउन निर्देशन दिएका थिए ।
गृहमन्त्री नेतृत्वको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पनि निरीक्षण गरेको छ ।


प्रतिक्रिया