सुन तस्करीको आरोपमा नेपाल एयरलायन्सका चालक दलका सदस्य दोहामा पक्राउ

सुन तस्करीको आरोपमा नेपाल एयरलायन्सका चालक दलका सदस्य दोहामा पक्राउ



काठमान्डाैं । नेपाल एयरलायन्सका एयर होस्टेज सुन तस्करी प्रकरणमा कतारको दोहामा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा दोहा प्रहरीले नेपाल एयरलायन्सका एयर होस्टेज सन्देश तिवारीलाई पक्राउ गरेको जानकारी नेपाल एयरलायन्स स्रोतले दियो ।

११ मंसिर (बिहीबार) दोहाबाट काठमाडौं आउने क्रममा तिवारीले ८ तोला सुनको बिल देखाउन सकेका थिएनन् । त्यसैले सुन तस्करीको आशंकामा उनी पक्राउ परेका हुन् ।

उडान नम्बर आर ए २४० बाट काठमाडौं आउने क्रममा बिल देखाउन नसक्दा उनी पक्राउ परेका थिए । तर, नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजरको रोहबरमा उनी छुटेको नेपाल एयरलायन्स स्रोतले जानकारी दियो ।

बिलबिनाको सुन चालक दलका सदस्यबाटै भेटिएपछि उडान आधा घण्टाभन्दा ढिलाइ भएको थियो ।