पुसमै महाधिवेशन गर्ने गरी तालिका ल्याउन कांग्रेस संस्थापन पक्ष तयार

पुसमै महाधिवेशन गर्ने गरी तालिका ल्याउन कांग्रेस संस्थापन पक्ष तयार


ग्लोब नेपाल
405
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सहमत भएको छ ।

सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरिएकाे छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए ।

सभापति देउवाले नेताहरूलाई खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारेर अघि बढ्न तयार भएको एक नेताले जानकारी दिए ।