एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । गत २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ परेका छन् ।

जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए । आगजनीमा संलग्नहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिएका छन ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी, गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना रहेको प्रहरीले जनाएको छ । आरोपीहरूबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।