काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले शाक्यलाई बुधबार ललितपुरस्थित भनिमण्डलबाट पक्राउ गरेको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उनले समेत राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
शेरचनलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ ।


प्रतिक्रिया