काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको स्पष्ट पारेकी छन् । आज बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् ।
‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन् । रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन् ।
अन्तिममा उनी यो पार्टीमा भने सहभागी भइनन् । तर नयाँ पार्टीहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिइन् । नयाँहरू नमिल्ने हो भने भने पराना पार्टी नै आउने भएकाले एकता गर्न सबैलाई उनले आग्रह गरिन् ।


प्रतिक्रिया