कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणबारे आज पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ ।

महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।

समितिले भ्रातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ । यसअघि महाधिवेशनको मिति तोकिएपछि बुधबार पहिलो पटक बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको थियो ।

काँग्रेसले आसन्न १५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही)सदस्य छन् । काँग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुँदैछ।