नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय समिति र च्याप्टर समितिको संयुक्त बैठक समितिका केन्द्रीय सभापति आनन्द विष्टको सभापतित्वमा बुधवार डिसेम्वर ३, २०२५ का मितिमा सम्पन्न भएको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुसहित २१ जना उपस्थित थिए भने च्याप्टर समितिका विभिन्न १२ जना सभापति एवं प्रतिनिधि सहभागी रहेका थिए। बैठक महासचिव मुनिन्द्र नेम्बाङले संचालन गरेका थिए ।
बैठकले मातृ पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको मंसीर १५ मा सम्पन्न बैठक पश्चात नेपाली जनसम्पर्क समिति समन्वय विभागले सर्कुलर गरेको परिपत्र र निर्देशन अनुसार समितिको अधिवेशन र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि ९ वटा निर्णय गरेको छ।
१. पार्टी निर्देशन अनुसार नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय महाधिवेशन यही डिसेम्वर २७,२०२५ शनिवार सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय प्रतिनिधि र निर्वाचन पर्यवेक्षकका लागि सम्पर्क समितिको समन्वय विभागलाई अनुरोध गरिनेछ।
२. नेपाली जनसम्पर्क समिति,अमेरिकाका सबै च्याप्टरहरुको अधिवेशन यही डिसेम्वर २०,२०२५ शनिवारभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।
३. नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण/नयाँ आवेदन र नेपाली जनसम्पर्क समितिको सदस्यता आवेदन सम्बन्धी सम्पूर्ण कार्य डिसेम्वर १५, २०२५ का मितिभित्र सम्पन्न गरिनेछ। यसका लागि नेपाली जनसम्पर्क समितिको वेभसाइट मार्फत तत्काल आवेदन फाराम भर्ने गरी अनलाईन आवेदन सुरु गरिनेछ।
४. नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन/निर्वाचन समितिको केन्द्रीय महाधिवेशनकै दिन सम्पन्न गरिनेछ। महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता स्वीकृत भएका सदस्यहरुबाट निर्वाचित हुनेछन्।
५. महाधिवेशन सम्पन्न गर्नका लागि तपसिल बमोजिम समिति गठन गरी जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरिएको छ।
- सदस्यता तथा प्रतिनिधि छानविन समिति
- सदस्यता वितरण समिति
- आर्थिक समिति
- प्रचार प्रसार समिति
- केन्द्रीय अधिवेशन स्थल व्यवस्थापन समिति
-निर्वाचन अनुगमन समिति
६. समितिको च्याप्टर गठन निर्देशिका अनुसार प्रक्रिया पुरा गरी च्याप्टर गठनका लागि आवेदन दिएका तीन नयाँ च्याप्टर अनुमोदन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ। जस अनुसार, नेभाडा,नेब्रास्का र कान्सास सिटी च्याप्टर अनुमोदन गरिएको छ । साथै नेभाडा च्याप्टर समितिको संयोजकमा प्रवीण माखिम, नेब्रास्का च्याप्टर संयोजकमा ध्रुब गौतम र कान्सास सिटी च्याप्टर संयोजकमा फिलिप केसीलाई जिम्मेवारी दिइएको छ।
७. जेनजी आन्दोलनमा शहीद भएकाहरूप्रति शोक प्रकट गर्दै, परिवारजनमा हार्दिक समवेदना व्यक्तसंगै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।
८. जेनजी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टीका पदाधिकारीहरू र नेताहरूको घरमा आगजनी गरेकोप्रति खेद प्रकट गरेको छ ।
९. नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्य एवम नेका महासमिति सदस्य हरिबोल भण्डारीको हालै भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै, परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
बैठकमा सभापति आनन्द विष्ट,वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी,उप सभापतिहरु धर्मराज श्रेष्ठ,भगवान मैनाली र उपसभापति-चेत प्रसाद पौडेल, महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, केन्द्रीय सदस्यहरु ज्ञानेद्रराज कार्की,सुवास लामा,लोक लामा,किलन राई,गोकुल ढकाल, गोपाल विश्वकर्मा,अमृत भट्टराई,रविन बस्नेत,गौतम दाहाल,गोविन्द लम्साल, चन्द्र धिताल,सुभेन्द्र रानाभाट,ओम भट्टराई र परमानन्द खनाल उपस्थित थिए।
यसैगरी च्याप्टर सभापति एवं प्रतिनिधिहरु मध्ये रोशन ढुंगाना (न्यूयोर्क च्याप्टर),ज्ञानेद्रराज कार्की (डलास फोटवर्थ च्याप्टर), नारायण खनाल(नर्दन क्यालिफोर्निया च्याप्टर),मदन पाठक (लसएन्जलस च्याप्टर),डा. चिरन्जिवी भट्टराई ( नर्थ क्यारोलिना च्याप्टर),गणेश भण्डारी (कोलोराडो च्याप्टर),नेत्र केसी (मेरिल्याण्ड च्याप्टर), रामप्रसाद बस्याल (मिसिगन च्याप्टर),कौशल यादव (अष्टिन च्याप्टर), डा केशव भण्डारी (पेन्सिलभेनिया च्याप्टर), विश्व बाँस्तोला (लंग आइल्याण्ड च्याप्टर) र याम सिटौला (भर्जिनिया च्याप्टर) सहभागी थिए।


प्रतिक्रिया