काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि आशिफ शेखले सर्वाधिक ४५ रनमा नटआउट रहे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। इसान पाण्डेले ३८ रन थपे। ३५ बलमा २ चौका र २ छक्का सहयोगमा ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मर्चेन्ट डि लाङगेको बलमा क्याच आउट हुन पुगे।
२५ बलमा १ चौका २ छक्का सहयोगमा २४ रन बनाएका जस ब्राउन सन्दीप कै बलमा क्याच आउट भए।
ओपनर विनोद भण्डारी १५ रन बनाउँदा बसिर अहमदको बलमा बोल्ड आउट भए। हरमित सिहं गोल्डेन डकआउट भए। दिपक बोहोरा ३ रन बनाउँदा प्रतिश जिसीको बलमा बोल्ड आउट भए।
विराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन खर्चे। प्रतिश जि.सीले २ विकेट झारे। बसिर अहमदले १ विकेट आफ्नो नाममा गरे।


प्रतिक्रिया