एमाले बाहेकको समीकरण बन्छ: प्रचण्ड

एमाले बाहेकको समीकरण बन्छ: प्रचण्ड


ग्लोब नेपाल
0
Shares

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन् ।

शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समीकरण बनेर नयाँ समीकरण बनेको र अब यस्तै समीकरणको सुरुवात अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे ।

कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताउनु हुँदै दाहालले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे ।
दाहाल भन्छन् ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिष्टहरुलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’

उनले शक्तिशाली नेपाली कम्युनिष्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे । नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ ।