अमेरिकामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अमेरिकामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


ग्लोब नेपाल
216
Shares

अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७ म्याग्निच्युडको शनिवार राति गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तर पश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।