अष्ट्रेलिया फर्किए सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन

अष्ट्रेलिया फर्किए सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ ।

रोयल्सको छैटौँ म्याचमा चितवनविरुद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले विराटनगर विरुद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ ।

जोस ब्राउन भने बिग ब्यासका लागि गएका हुन् । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको छ ।