काठमाडौं । सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ ।
गएको भदौ २४ गतेको क्षतिपछि थोरै मात्रै मुद्दाको पेशी तोकेर सुनुवाइ हुँदै आएकोमा आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतले हिजो एक सूचना निकाल्दै जनाएको छ ।
जेनजी आन्दोलनपछि भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो ।
इजलास बस्ने ठाउँ अभावका कारण सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको हो ।
आजदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ । संवैधानिक इजलास पनि नयाँ भवनमा हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चमा अहिले २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन हुन सकेको थिएन ।


प्रतिक्रिया