नागरिक उड्डयन प्राधिकरणको कामु महानिर्देशकमा मुकेश डंगोल

नागरिक उड्डयन प्राधिकरणको कामु महानिर्देशकमा मुकेश डंगोल



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको कायममुकायम महानिर्देशकको रूपमा मुकेश डंगोलले जिम्मेवारी पाएका छन् ।

पर्यटन मन्त्रालयको समेत जिम्मे वारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अर्को व्यवस्था नभएसम्मको लागि भन्दै प्राधिकरणको जिम्मेवारी दिएकी थिइन् ।

सोमबार डंगोलले कामु महानिर्देशकका रूपमा पदभार सम्हालेका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो ।

भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाउँदा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित क्यानका ४ कर्मचारी तथा अरु दुई जना र एक कम्पनीविरुद्ध बुधबार मुद्दा दायर गरेको थियो ।