मौसम आज मुख्यतया सफा रहने

मौसम आज मुख्यतया सफा रहने



काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।