महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी हुँदै

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी हुँदै

एमाले महाधिवेशन प्रतिनिधि हुन पाउँ भनी नेकपा (एस) का ३ जनाको निवेदन


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन् ।

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए ।

तात्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको उनको भनाइ छ । उनहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने अधिकारीले बताए ।

अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भएको छ । ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड बनाएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो । जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन् । त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौट विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए ।

प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको उनले बताए । संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ । ‘हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरुको भेरिफिकेसन गरिसक्यौं’ अधिकारीले भने ।

एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन एमाले महाधिवेशन प्रतिनिधि हुन पाउँ भनी नेकपा (एस) का ३ जनाको निवेदननसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।

विभागले दिएको जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचयपत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । बिहीबारसम्म सम्पूर्ण प्रतिनिधि छनौट र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयको भनाइ ।