काठमाडाैं । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औँ वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ ।
यसैक्रममा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “सुशासन जिन्दावाद”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् ।
भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ । नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो ।


प्रतिक्रिया