काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि आजै मुनुले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका थिए । गृहमन्त्री अर्यालयसँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने मुनु आइतबार काठमाडौं आएका हुन् ।


प्रतिक्रिया