काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग जेन जेड आन्दोलनका अगुवा सुदन गुरुङले आज भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा गुरुङले सरकार र जेन जेडबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका हुन्।
जेन जेड आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका छन्।


प्रतिक्रिया