काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीबिना देश विकास सम्भव नभएको बताएका छन् । यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘निर्माण व्यवसायीबिना ठूला काम सम्भव छैन । निर्माण व्यवसायीबिना देशको विकास सम्भव छैन । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस्,’ उनले भने, ‘तर, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । अन्तर्राष्ट्रियस्तरको काम गर्ने सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ ।’
नेपालमा लगानी सम्मेलनभन्दा निर्माण व्यवसायी सम्मेलन गर्नुपर्ने उनले बताए । त्यसबाट निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने बताए ।
उनले कतिपय ठेक्कामा ठेकदार नै खोज्नुपर्ने अवस्था रहेको बताए । ‘कुनै रुग्ण ठेक्का व्यवस्थापन गरौँ भन्यो तर ठेकेदार भेटिँदैनन् । १०–१५ वर्षदेखि ठेक्का रुग्ण अवस्था छ,’ उनले बताए ।
समयमा निर्णय नगर्दा पनि ठेक्का रुग्ण भएको बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्णय नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने भनेको उनले बताए ।
नेपालमा निर्माणको निर्माण योजना पनि कमजोर भएको बताए । यस्तै, नेपालमा काम गर्न विभिन्न अवरोध भएको बताए ।
यस्तै, उनले ठेक्का तोड्दा बाँकी काम गर्न ठेकदारबाट बाँकी असुली गर्नुपर्ने व्यवस्था हटाउन सरकार सकारात्मक रहेको बताए । यस्तै, उनले काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सहयोग गर्ने उनको भनाइ छ ।
कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन् ।


प्रतिक्रिया