काठमाडौँ। नेपाली काँग्रेस रुपन्देहीले प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही १ र २ बाट १५ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस भएका छन् ।
यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ ।
त्यसैगरी, समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले जानकारी दिए ।


प्रतिक्रिया