एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल सुरु भएको छ ।

जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ । आज १४ वटै समितिका संयोजकहरूले आफ्नो–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ ।