शेयर बजार सामान्य घट्याे

शेयर बजार सामान्य घट्याे



काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६६ अंकले घटेर २ हजार ६ सय ७ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४९ वटा कम्पनीको शेयर घटेकोमा ९८ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ४२ प्रतिशतले घटेको छ । बजार समान्य घटेको दिन स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका ७७ लाख ६८ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।