महोत्तरी क्षेत्र नं. १ बाट गुरुङसहित ६ जनाको नाम सिफारिश

महोत्तरी क्षेत्र नं. १ बाट गुरुङसहित ६ जनाको नाम सिफारिश


ग्लोब नेपाल
108
Shares

बर्दिवास । नेपाली कांग्रेसको महोत्तरी जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङसहित ६ जनाको नाम सिफारिश सर्वसम्मतरुपमा गरिएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं. १ को क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश अधिवेशन प्रतिनिधिहरु र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरुको संयुक्त बैठकले केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवी हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सर्वसम्मतरुपमा सिफारिश गरेको छ ।

यसैगरि प्रतिनिधि सभा समानुपातिक तर्फ ८ जनाको र राष्ट्रिय सभामा मधैश प्रदेशमा खाली हुने महिला, दलित, अपांग वा अल्पसंख्यक र अन्य समुहमा पनि नामहरु सर्वसम्मतरुपमा सिफारिस गरिएको जानकारी सो बैठकमा सहभागी एक महाधिवेशन प्रतिनिधिले गराएका छन् ।