मन्त्रिमण्डल विस्तार हुँदै, आज ४ नयाँ मन्त्रीको सपथ

मन्त्रिमण्डल विस्तार हुँदै, आज ४ नयाँ मन्त्रीको सपथ


ग्लोब नेपाल
378
Shares

काठमाडौं । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ । आज ४ जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ ।

हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् । परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेका छन् ।

जेन जेड आन्दोलन सुरु भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो । २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ ।