एमाले महाधिवेशन उद्घाटन स्थलमा विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

एमाले महाधिवेशन उद्घाटन स्थलमा विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन


ग्लोब नेपाल
162
Shares

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।

विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरू र बम डिकेटर उपकरणसहित प्रहरीहरू बिहानैदेखि परिचालित छन् । भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा हुन लागेको महाधिवेशन मध्याह्न १२ बजेदेखि शुरु हुँदैछ ।

उद्घाटन समारोह स्थल वरपर आज बिहानैदेखि एमाले कार्यकर्ताहरू आइपुगेका छन् । महाधिवेशन उद्घाटनमा देशभरबाट तीन लाख सहभागी हुने एमालेले दाबी गरेको छ ।