धनगढी । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस डोटीले प्रत्यक्षतर्फ गोरखबहादुर बिष्ट (आनन्द) सहित १७ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा, हर्कबहादुर देउवा सिफारिस भएका हुन्।
यीमध्ये श्यामराज ओझा नेविसंघबाट त्रिवि स्ववियु सभापतिसमेत भएका थिए। समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह शाही, प्रसिस महरा, हिक्मतसिंह चोपरा, मायादेवी कुँवर, लालबहादुर विकको नाम सिफारिस भएको छ। राष्ट्रिय सभातर्फ दीपककुमार विष्ट र यज्ञराज पाठकको नाम सिफारिस भएको हो।
पहिलो नम्बरमा नाम सिफारिस भएका डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य र हाल नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति हुन् । बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिए ।
प्रवासमा रहेर सधै देश, पार्टी र जनताका पक्षमा काम गर्दै आएको छु, मेरो त्यही योगदानको मूल्यांकन गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचनका लागि मेरो नाम सिफारिस गरेको ठानेको छु, उनले भने, ‘जनताबाट निर्वाचित भई देश र जन्मभूमिको सेवा गर्ने म भित्रको हुटहुटी यस पटक पुरा हुने विश्वास गरेको छु ।’


प्रतिक्रिया