एमाले महाधिवेशनमा सहभागिता बढी देखाउन फेक फोटो र भिडियोको सहारा

एमाले महाधिवेशनमा सहभागिता बढी देखाउन फेक फोटो र भिडियोको सहारा


ग्लोब नेपाल
162
Shares

भक्तपुर । एमालेको हिजो शनिबार भक्तपुर सल्लाघारीमा आयोजित ११औं महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागिता बढी देखाउन नेता कार्यकर्ताले सामाजिक सञ्जालमा एआई निर्मित फेक फोटो र भिडियो पोष्ट गरेका छन् ।

उक्त फेक फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सञ्जाल प्रयोगकर्ताले वास्तविक र नक्कली फोटो राखेर एमालेले गलत प्रचार गरेको भन्दै आलोचना गरिरहेका छन् ।

सुरुमा उक्त तस्बिर बचनराज जोशी नामको फेसबुक अकाउण्टबाट पहिलोपटक उक्त तस्बिर फोष्ट भएको थियो ।

पछि एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेत, एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, एमाले पत्रकारको संस्था प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायतले महाधिवेशन उद्घाटन समारोहमा जनसागर उर्लिएको भन्दै त्यही फोटो पोस्ट गरेका थिए ।