८७ वर्षीय चिनियाँ चित्रकारले ३७ वर्षीया चौथी श्रीमतीबाट छोरा जन्माएको घोषणा

८७ वर्षीय चिनियाँ चित्रकारले ३७ वर्षीया चौथी श्रीमतीबाट छोरा जन्माएको घोषणा



बेइजिङ । ८७ वर्षीय चिनियाँ चित्रकार फान जेङले आफ्नी ३७ वर्षकी चौथी श्रीमति जु मेङबाट पहिलो सन्तान प्राप्त भएको घोषणा गरेका छन् । मेङले छोरालाई जन्म दिएकी छन् ।

द पेपरका अनुसार, फ्यानले बिहीबार समाचार पुष्टि गर्दै परिवार खुसी र सन्तुष्ट रहेको बताए । उनी, जू र उनीहरूको नवजात शिशु आफ्नो पुरानो भिल्लाबाट बाहिर निस्केर नयाँ निवासमा सरेका छन् ।

फ्यानले आफ्ना दुई छोराछोरी, फ्यान सियाओहुई र फ्यान झोङडा र उनीहरूका आफन्तहरूसँग पूर्ण सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । अगस्टमा झुले आफूलाई ‘अपहरण गरी उनको सम्पत्ति जफत गरेको’ झूटा आरोप लगाएको उनले बताए । उनले भने– ‘आरोप मेरो बद्नाम गर्नका लागि लगाइएको हो ।’

उनले फ्यान सियाओहुई र फ्यान झोङ्डालाई कुनै पनि कलात्मक वा व्यावसायिक गतिविधिहरूमा आफ्नो नाम प्रयोग गर्नबाट पनि प्रतिबन्ध लगाए, यदि उनको प्रतिष्ठा प्रदर्शनी, कला बिक्री वा अन्य व्यावसायिक उद्देश्यका लागि प्रयोग गरिएमा कानुनी कारबाही गर्ने बताएका थिए ।

‘अबदेखि, मेरो बारेमा सबै व्यक्तिगत र व्यावसायिक मामिलाहरू मेरी श्रीमतीले सम्हाल्नेछिन’ फ्यानले लेखेका छन्– ‘अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन ।’

फ्यान सियाओहुई फ्यानकी दोस्रो श्रीमतीकी छोरी हुन्, जबकि फ्यान झोङ्डा झाङ गुइयुनसँगको तेस्रो विवाहबाट उनका सौतेनी छोरा हुन् ।

फ्यानले अप्रिल २०२४ मा जूसँग आफ्नो विवाहको घोषणा गरेका थिए । २०२१ मा झाङको मृत्युपछि, उनलाई हल्का स्ट्रोक भयो । कला सिर्जनालाई जारी राख्न असमर्थ भए । जूले उनको ध्यानपूर्वक हेरचाह गरेपछि शारीरिक र मानसिक रूपमा निको हुन मद्दत पुग्यो पछि दुवैले आफ्नो जीवनसँगै बिताउने निर्णय गरे ।

गत अगस्टमा फ्यान सियाओहुईले उनको बुबा बेपत्ता भएको दाबी गरेका थिए । जूले उनलाई भिल्लाबाट लगेका थिए र पुराना वस्तुहरू र बहुमूल्य चित्रहरू अन्यत्र स्थानान्तरण गरेका थिए । जसले गर्दा उनको सम्पत्ति जफत भएको थियो । तर उनले यो कुरा प्रहरीमा रिपोर्ट गरिनन् ।

फ्यानले पहिलो श्रीमतिका रुपमा लिन हुईसँग १९६३ मा विवाह गरेका थिए । उनी प्रसिद्ध कवि र लेखक थिइन । तर पाँच वर्षपछि यो जोडीले सम्बन्ध विच्छेद गरेको थियो । त्यसपछि उनले चित्रकार साथी र तथा पूर्व सहपाठी बियान बाओहुआसँग दोस्रो विवाह गरेका थिए । पछि नजिकको साथी झाङ गुइयुनकी श्रीमतीसँग प्रेममा परे । जससँग उनले सम्बन्ध विच्छेदको धेरै वर्षपछि विवाह गरेका थिए ।

समकालीन चिनियाँ कलामा एक अग्लो व्यक्तित्व फानलाई देशको सबैभन्दा मूल्यवान जीवित चित्रकार मानिन्छ । चीनको राष्ट्रिय व्यापार दैनिकका अनुसार, २०२४ सम्ममा उनका कामहरूको कुल लिलामी बिक्री २ दशमलब ३ बिलियन युआन अर्थात् ३२ मिलियन अमेरिकी डलर नाघेको थियो ।

उनका चित्रहरू जापान र बेलायतलगायत विदेशी संग्रहालयहरूमा राखिएको छ । धेरैले लिलामीमा कीर्तिमानी मूल्य पाएका थिए । ‘बाम्बु’ र ‘म्याग्पाइ’ चित्रहरू ४ करोड युआनभन्दा बढीमा बिक्री भएको थियो । जबकि ‘लिंगक्वान दाओफेङ’ ले १८ दशमलब ४ मिलियन युआन हासिल गरेको थियो । उनका दर्जनौं अन्य चित्रहरू प्रत्येक १ करोड अमेरिकी डलरभन्दा बढीमा बिक्री भएका छन् ।