काठमाडौं । शंकर पोखरेललाई महासचिवमा दोहोर्याउन मोटामोटी सहमति बनेपछि अध्यक्ष केपी शर्मा ओलीको टिममा पदाधिकारी बस्ने प्यानल लगभग फाइनलजस्तै भएको छ । नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन् । यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ ।
ओली प्यालन
अध्यक्षः केपी शर्मा ओली
उपाध्यक्षः विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रामबहादुर थापा, गुरु बराल र प्रदीप ज्ञवाली
महासचिव: शंकर पोखरेल
उपमहासचिवः विष्णु रिमाल, पदमा अर्याल, छविलाल विश्वकर्मा
सचिवः शेरधन राई, भगवती चौधरी, रघुबीर महासेठ, ज्वालाकुमार साह, महेश बस्नेत, खगराज अधिकारी, सूर्य थापा, यामलाल कँडेल र लेखराज भट्ट ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुला, ३ जना महिला र १ जना युवा रहने छन् ।
खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएका छन् । समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला आठ, युवा २०, मधेसीबाट १० जना (खुला ११, महिला छ, युवा दुई), दलितबाट १२ जना (खुल्ला सात, महिला चार, युवा एक), थारु समुदायबाट आठ जना (खुला पाँच, महिला तीन), मुस्लिम समुदायबाट पाँच जना (खुला चार, महिला एक) प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकबाट तीन जना (खुला दुई, महिला एक), अपाङ्गता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला एक, महिला एक) सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला एक, महिला एक) रहने छ ।


प्रतिक्रिया