आज मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

आज मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सात दलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक-एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आज बसेको सात दलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एक-एक जना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।