काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।
उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो । उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो ।
कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए ।
उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ ।
उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।


प्रतिक्रिया