काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डलमा चुनावी चहल पहल बढिरहेको छ । आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले मत माग्न केन्द्रित भएका छन् ।
ओली समूहमा महासचिवमा शंकर पोखरेल र ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।
ओली र पोखरेल समूहमासहित मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमा नेता कार्यकर्ता मत माग्न जुटेका हुन् । निर्वाचनमा पदाधिकारीमा मात्रै ४२ जनाको उम्मेदवारी रहेको छ ।
एमालेको निर्वाचनबाट पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने विधानमा व्यवस्था छ ।
निर्वाचनका लागि मंगलबार दिउँसो ४ बजे निर्वाचन समय तोकिएको छ ।
निर्वाचन समितिबाट प्रकाशित उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षसहित पदाधिकारी, सबै क्लस्टरबाट केन्द्रीय सदस्यमा कुल ७०९ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया