काठमाडौं । विघटित संसदले ओखलढुंगाको विकासमा विनियोजन गरेको बजेट कटौती नगर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग पूर्वसांसद रामहरि खतिवडाले आग्रह गरेका छन् । ओखलढुंगाबाट संसदमा प्रतिनिधित्व गर्ने पूर्वसांसद खतिवडाले मंगलबार मन्त्री खनाललाई भेटेर यस्तो आग्रह गरेका हुन् । अर्थमन्त्रीसँगको भेटमा उनले स्पष्टसँग ५ बुँदे मागसमेत राखेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापतिसमेत रहेका खतिवडाले साघुटार-घोराखरी-ओखलढुङ्गाको श्रोत सुनिस्चत हुनुपर्ने, कटारी-घुर्मी स्तरोन्नती ठेक्का प्रकिया अगाडि बढाउनुपर्ने, मन्त्रीस्तरीय निर्णय भइसकेको ईलाका प्रशासन कार्यालय घोराखरीको निर्माण प्रकिया अघि बढाउन अर्थमन्त्रीसमक्ष माग गरे ।
यसैगरी घुर्मी-चतरा सडक निर्माण र जिल्लाको समग्र विकास, जनताको आवश्यकतासँग जोडिएका पूर्वाधार, सडक, पुल, शिक्षा र स्वास्थ्यसम्बन्धी योजनाहरूको महत्वबारे स्पष्ट धारणा खतिवडाले अर्थमन्त्रीसमक्ष राखेका थिए ।
राजनीतिक अस्थिरताका कारण विकास रोकिन नहुनेमा जोड दिँदै खतिवडाले ओखलढुङगाका योजनाहरू निरन्तरता पाउनुपर्ने कुरामा अर्थमन्त्री खनालसमक्ष जोड दिएका थिए ।



प्रतिक्रिया