प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा मिराज समूहकाे प्रदर्शन, दुईजना पक्राउ

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा मिराज समूहकाे प्रदर्शन, दुईजना पक्राउ



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा अमृत कुमार बोहरा र प्रकाश शर्मा छन् ।

उनीहरू दुवैजनालाई प्रहरी वृत्त मालिगाउँ लगिएको एसपी भट्टराईले जानकारी दिए ।