काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार भने ३ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको थियो ।


प्रतिक्रिया