काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा यस्तो बताएकी हुन् । उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउँदै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।
उनले खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै आवश्यक हुने भन्दै सबैले हातोमालो गर्नुपर्ने बताइन् ।


प्रतिक्रिया