बित्थडचिरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बित्थडचिरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टसहित सब–इन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हो ।

तल्लो बित्थड खेल मैदान निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरेको, डीपीआर नगरि निर्माण गरेको, रकम हिनामिना गरेको उजुरी परेको थियो । उजुरीका आधारमा अनुसन्धान गर्दा ६ जनाको मिलेमतोमा १४ लाख ६६ हजार ५०३ रुपैयाँ हिनामिना गरेको खुल्न आएको अख्तियारको ठहर छ ।