कञ्चनपुर कारागारमा झडप, घाइते हुनेको सङ्ख्या सात पुग्यो

कञ्चनपुर कारागारमा झडप, घाइते हुनेको सङ्ख्या सात पुग्यो



कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् ।

शुक्रबार दिउँसो ४ बजे कारागारमा कैदीहरुबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् ।जसमध्ये, किरण सिंह, करण कुवँर, दिनेश कुवँर र राजेन्द्र सुधारको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताए ।